श्री प्रकाश गिरी - अध्यक्षMr. Prakash Giri - Chairman
पदRoleअध्यक्षChairman
अध्यक्षको सन्देशMessage from the Chairman
श्री प्रकाश गिरीMr. Prakash Giri
”
आजको युग सूचना प्रविधिको युग हो । हाम्रा दैनिक काम व्यवहारमा सूचना प्रविधिको प्रयोग दैनिक रुपमा बढै गैरहेको छ । सूचना प्रविधिका बारे वेखर मानिस निरक्षर जस्तै बन्नु पर्ने अवस्था छ । विद्यालय तह देखि नै बाल बालिकाहरुलाई सूचना प्रविधिका वारे जानकारी दिन र सूचना प्रविधिको प्रयोग गरी शिक्षण सिकाइलाई सहज तथा थप प्रभावकरी बनाउनु आजको आवश्यकता हो । यसै तथ्यलाई मध्यरेनजर गर्दै हाम्रो विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन हामी प्रयासरत छौं । यस प्रयासमा नमुना विद्यालय विकास नामक नेपाल सरकारको कार्यक्रमले निकै ठूलो सहयोग पुगेको हाम्रो विश्वाश छ । सूचना प्रविधि सम्बन्धी सुविधाको प्रबन्ध गर्दै विद्यालयका गतिविधिहहरु सरोकारवालाहरु सम्म जानकरी पुर्याई पारदर्शिता अपनाउन विभिन्न प्रयत्न गर्दै आईएको छ । त्यसैको निरन्तरता स्वरुप विद्यालयको आफ्नो वेभसाइट डिजाइन गरी प्रयोगमा ल्याएका छौं । यसकालागि मिहेनत गर्नुहुने प्रधानाध्यापक, साथ सहयोग गर्नुहुने वि·व्य·स· पदाधिकरीहरु र अन्य सम्पूर्ण महानुभावहरु र निकायहरुलाई धन्यवाद दिदै यसको प्रभावकारी प्रयोगका लागि सकारात्मक सुझावको अपेक्षा गर्दछुँ । धन्यवाद ।
Today’s era is the era of information technology. The use of information technology in our daily activities is continuously increasing. Without knowledge of information technology, a person is almost considered illiterate. From the school level itself, it is necessary to provide children with knowledge about information technology and to make teaching and learning easier and more effective through its use. Keeping this fact in mind, we are striving to make our school technology-friendly. We firmly believe that the Model School Development Program of the Government of Nepal has greatly supported this effort.
By managing information technology facilities, the school has been making various attempts to ensure transparency and provide stakeholders with easy access to information about school activities. As a continuation of this effort, the school has designed and launched its own website. I would like to thank the principal, the officials of the School Management Committee, and all other individuals and organizations who worked hard and supported this initiative. I also look forward to receiving positive suggestions for its effective use. Thank you.