वि·सं २००७ सालमा हालको छविपाथिभेरा वडा नं· १ को बगा भन्ने ठाउँमा गोबर्धन बहादुर सिंहले केही ईच्छुक विद्यार्थीहरु जम्मा गरी बाह्रखरी सिकाउने र साथै घरबुना कपडा बुनाईका साथै जडिबुटीको ओषधीय प्रयोग सम्बन्धी ज्ञान दिन विद्यालय स्थापना गर्नुभएको इतिहास छ । उक्त विद्यालय केही समयपछि बन्द भयो । २००८ सालतिर रुद्र नारायण उपाध्यायले बाह्रखरी सिकाउने उद्देश्यले बगडगाउँको पिपल चौतारामा करिव एक वर्षसम्म विद्यालय सञ्चालन गर्नुभएको जानकारहरु बताउछन् । उक्त विद्यालय पनि कालान्तरमा बन्द भयो । २०१०/११ सालतिर चन्द्रजङ्ग बहादुर सिंहले करिव २ वर्ष आफैले अध्यापन गराई पछि रिनारी उपाध्यायलाई शिक्षक राखी पठनपाठन गराउनु भएको थियो ।सो विद्यालय पनि कालान्तरमा बन्द भयो । २०१५ सालमा बगडगाउँबाट करिव ६०० मिटर पश्चिमतिर रहेको देबधाट भन्ने ठाउँमा स्थानीयको सहयोगमा खरको झुपडी बनाई पठनपाठन शुरु गरिएको थियो । यी विद्यालयहरु सबै अनुमति नभएका अनौपचारिक विद्यालय थिए । २०१५ सालको आम निर्वाचन पछि जहाँ जहाँ मतदाकेन्द्र रहेका थि त्यहाँ त्यहाँ एउटा प्राइमरी स्कुल खोल्ने भन्नरे तत्कालिन सरकारको निर्णए अनुसार ओपचारिकरुपमा वि·सं· २०१६ साल फागुन १६ गते श्री महेन्द्र प्राइमरी स्कुलको नामबाट विधिवत विद्यालयको स्थापना गरी छविसपाथिभेरा गाउँपालिका वडा नं· ५ चौघानपाटा बस्ने श्याम प्रसाद बोगटीले पठनपाठन शुरु गर्नुभयो ।
वि· सं· २०१६ सालमा प्राइमरी स्कुलका रुपमा विधिवत स्थापित यस श्री जनप्रिय मा· वि· २०३२ सालमा नि·मा·वि·, २०४४ सालमा मा·वि· हुदै २०५३ सालमा जिल्लामै पहिलो उच्च मा· वि· (साविकको तह) का रुपमा स्थापित विद्यालय हो । स्थापनाकाल देखि नै शैक्षिक, खेलकुद, साँस्कृतिक तथा थप अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा निकाल्दै आइरहेको यस विद्यालयलाइ नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालमा नमुना विद्यालयको रुपमा विकास गर्ने गरी छनौट गरी विभिन्न क्रियाकलाप सञ्चालित छन् । सूचना प्रविधिको आजको युगमा नयाँ पुस्तालाइ प्रविधिमा सशक्त बनाउन र शिक्षामा प्रविधिको प्रयोग बढाउन शिक्षक स्वयं प्रविधिको जानकार हुनु अत्यावस्यक छ । शिक्षामा प्रविधिको प्रयोगको आधार भूमि कक्षाकोठा हो । यसकालागि विद्यालय प्रविधिमैत्री हुनु जरुरी हुन्छ भन्ने मान्यतालाइ मनन् गर्दै विद्यालयलाइ प्रविधिमैत्री बनाउन भरमग्दुर प्रयास गरिएको छ । एक महिने आधारभूत कम्प्युटर तालिम पछि प्रत्येक शिक्षककालागि ल्यापटप, कार्यालयका प्रत्येक कोठामा वाइफाइ सुविधा, प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड, प्रत्येक कक्षामा OLE कनेक्शन, थप कक्षा र कार्यक्रमका लागि प्रोजेक्टर, कक्षा ७ देखि माथिका कक्षामा वाइफाइ कनेक्टीभिटी, विद्यालय परिसर र महत्वपूर्ण फाँटहरुमा सिसिटिभि क्यामराद्वारा निगरानी, २४ सै घण्टा विद्युत सुविधाको प्रबन्ध गरिसकिएको छ । विद्यालयका गतिविधिलाइ पारदर्शी बनाउन र सकोकारवालाहरुको सहज पहुँच स्थापित गर्न विद्यालयको इमेल र फसबुक पेज धेरै समयदेखि प्रयोगमा ल्याइ सकिएको छ
थप पढ्नुहोस् →
श्री पद्म बहादुर खड्का
प्रधानाध्यापक
९८६-४३२५-३०५
वि·व्य·स· अध्यक्षको सन्देश
आजको युग सूचना प्रविधिको युग हो । हाम्रा दैनिक काम व्यवहारमा सूचना प्रविधिको प्रयोग दैनिक रुपमा बढै गैरहेको छ । सूचना प्रविधिका बारे वेखर मानिस निरक्षर जस्तै बन्नु पर्ने अवस्था छ । विद्यालय तह देखि नै बाल बालिकाहरुलाई सूचना प्रविधिका वारे जानकारी दिन र सूचना प्रविधिको प्रयोग गरी शिक्षण सिकाइलाई सहज तथा थप प्रभावकरी बनाउनु आजको आवश्यकता हो । यसै तथ्यलाई मध्यरेनजर गर्दै हाम्रो विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन हामी प्रयासरत छौं । यस प्रयासमा नमुना विद्यालय विकास नामक नेपाल सरकारको कार्यक्रमले निकै ठूलो सहयोग पुगेको हाम्रो विश्वाश छ । सूचना प्रविधि सम्बन्धी सुविधाको प्रबन्ध गर्दै विद्यालयका गतिविधिहहरु सरोकारवालाहरु सम्म जानकरी पुर्याई पारदर्शिता अपनाउन विभिन्न प्रयत्न गर्दै आईएको छ । त्यसैको निरन्तरता स्वरुप विद्यालयको आफ्नो वेभसाइट डिजाइन गरी प्रयोगमा ल्याएका छौं । यसकालागि मिहेनत गर्नुहुने प्रधानाध्यापक, साथ सहयोग गर्नुहुने वि·व्य·स· पदाधिकरीहरु र अन्य सम्पूर्ण महानुभावहरु र निकायहरुलाई धन्यवाद दिदै यसको प्रभावकारी प्रयोगका लागि सकारात्मक सुझावको अपेक्षा गर्दछुँ ।
धन्यवाद ।
थप पढ्नुहोस् →
संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।